काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारणका क्रममा अर्बौ रकम अपचलन गरेको अभियोगमा निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध गर्ने भनिएको भ्रष्टाचार मुद्दा दर्ता सरेको छ ।


ADVERTISEMENT


अख्तियारले दर्ताका लागि विशेष अदालतमा लगेपनि समय अभावका कारण सो मुद्दा दर्ता सरेको हो । मुद्दा दर्तापछि अदालतबाटै आदेश गराउनु पर्ने भएकाले समय अभावको कारण मुद्दा दर्ता हुन नसकेको विशेष अदालतले जनाएको छ । मुद्दा साउन १ गतेलाई सरेको छ ।


ADVERTISEMENT

# # #


अख्तियारको बिहीबार बसेको बैठकले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालविरुद्द १० अर्ब ९६ करोड बिगो माग दावी गर्ने निर्णय भएको थियो ।

कर फस्र्यौट गर्ने क्रममा करिब २१ अर्ब रुपैयाँ भ्रष्टचार गरेको आरोपमा अख्तियारले बिभागका पदाधिकारीमाथि अनुसन्धान अघि बढाएको हो ।

अख्तियारले शर्मालाई गत जेठ १९ देखि नियन्त्रणमा लिएको छ भने महत र ढकाल देशबाहिर लुकेको बताइएको छ ।