काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले अध्यक्ष कमल थापाले पार्टीलाई आफ्नो बिर्ताजस्तो बनाउन खोजेकोे आरोप लगाएका छन् ।


ADVERTISEMENT


आज एक प्रेस वक्तव्य निकाल्दै सो आरोप लगाएका हुन् । हालै पार्टी अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले उक्त निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेत गराएका छन् ।


ADVERTISEMENT

# # #


उनले केन्द्रिय समितिमा समानुपातिक प्रतिनिधित्वको हिसाबले नभई एलौटी ढंगबाट मनोनयन गरिएकोप्रति आफ्नो पूर्ण असहमति रहेको जनाएका छन् ।


ADVERTISEMENT

#
#


उनले पार्टी अध्यक्ष थापाले उक्त निर्णय तुरुन्त फिर्ता लिन कमल थापालाई राणाले चेतावनी दिएका छन् ।

 

प्रतिकृया

प्रतिकृया