काठमाडौँ –  १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा शानदार प्रदर्शन गरिरहेको सनराइजर्स हैदरावादले आज युवा टिम दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।


ADVERTISEMENT


पछिल्लो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरलाई नराम्रोसंग पराजित गरेको हैदरावाद आफ्नो फर्मलाई जारी राख्न चाहन्छ । यता चारमा दुई खेल जित्दै समूह तालिकाको पाँचौ स्थानमा रहेको दिल्ली घरेलु मैदानमा जित हासिल गरेर किंस ११ पञ्जाबसंगको हारलाई बिर्सन चाहन्छ । तर, दिल्लीका अघि हैदरावादको विशाल पर्खाल छ । जुन नाघ्न त्यती सहज छैन ।


ADVERTISEMENT

# # #


दिल्लीको आफ्नो घरेलु मैदानमा यो तेस्रो खेल हो । फिरोज शाह कोट्ला मैदानमा दिल्लीले यसअघि भएको दुई खेलमध्ये चेन्नईसंग हार र कोल्कत्तासंग जित हासिल गरेको थियो ।

राशिद विरुद्ध सन्दीप

हैदरावादका लागि २० वर्षीय अफगानी युवा राशिद खान मुख्य हलिङ हतियार हुन् । ब्याटिङ पनि गर्नसक्ने खुबी भएका राशिद हैदरावादका लागि गेमचेन्जर बन्न सक्छन् । यद्दपी गत संस्करणको जस्तो यो पटक उनी त्यती उत्कृष्ट खेलिरहेका छैनन् । उनले जारी सिजनका ३ खेलमा ३ विकेट लिएका छन् । यता दिल्लीमा राशिदजस्तै बलिङ गर्न सक्ने क्षमता भएका एउटा १८ वर्षीय युवा छन्, ती हुन् नेपाली स्टार स्पिनर सन्दीप लामिछाने ।

गत वर्ष मात्रै आइपीएलमा स्थान बनाएका सन्दीपले उक्त सिजनमा अन्तिम ३ खेलमात्रै खेल्ने मौका पाए । यो एक वर्षमा संसारका सबै लिग खेलिसकेका सन्दीपले यो पटक भने तेस्रो खेलदेखि नै टिममा स्थान बनाएका छन् । जसमा उनी खरो उत्रिएका छन् । २ खेलमा तीन विकेट लिएका सन्दीपले राशिदलाई पनि पछि पारिसकेका छन् । अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरेकाले सन्दीप आजपनि टिममा पर्ने सम्भावन उच्च छ । स्पिनरका लागि सहयोगी मानिने दिल्लीस्थित कोट्ला मैदानमा सम्भवतः आज सन्दीप र राशिदको खेल हेर्न लायक हुनेछ ।

खेल नेपाली समय अनुसार बेलुकी ८:१५ बजे सुरु हुनेछ ।

सम्भावित प्लेइङ ११ 

दिल्ली : 

पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), रिशव पन्त, कोलिन इन्ग्राम, क्रिस मोरिस, हनुमा विहारी, हर्षल पटेल, कागिसो रबडा, अमित मिश्र/अभेष खान र सन्दीप लामिछाने ।

हैदरावाद :

डेभिड वार्नर, जोनी ब्रेस्ट्ओ, विजय शंकर, मनिष पाण्डे, युसुफ पठान, मोहम्मद नावी, दिपक होडा, राशिद खान, भुवनेश्वर कुमार, सिद्धार्थ काउल र सन्दीप शर्मा ।