काठमाडौँ– मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए ।


ADVERTISEMENT

# # #


आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो ।

विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले विसं २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामति सेवामा प्रवेश गरेका थिए । उमेर हदका कारण उनी मुख्य सचिवको पदमा कात्तिक ८ गतेसम्म मात्र रहने छन् ।