काठमाडौँ – जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा सर्कल स्तम्भ निर्माण गरेको छ । ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको सामुन्ने निर्माण गरिएको उक्त स्तम्भको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


कन्या भ्रूणको रक्षादेखि कन्या स्वास्थ्य एवम् कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यस स्तम्भको निर्माण गरिएको जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)की अध्यक्षा रश्मी जैनले बताइन् । उनले गुरु आचार्य महाश्रमणको अहिंसात्मक सन्देशलाई समाजमा प्रभावकारी रुपमा सम्प्रेषित गर्न स्तम्भ निर्माण गरिएको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


यस संस्थाले महिला जागरण, कन्या सुरक्षा तथा अहिंसाको लागि आगामी दिनमा समेत विभिन्न कार्यक्तम ल्याउने जानकारी दिएको छ ।

कार्यक्रममा राज्यमन्त्री यादवले जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा, अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय कार्य गरेको बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, उक्त क्षेत्रका वडा अध्यक्ष, वरिष्ठ उद्योपतिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायत अन्य उद्योगपति तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

ललितपुर महानगरपालिकाकी उपमेयर सत्यालले स्तम्भको निर्माणको प्रशंसा गरिन् ।