काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षतिको अवलोकनका लागि बारा पुगेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री तथा स्वाथ्यमन्त्री उपेन्द्र यादव, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको टोली बारामा रहेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गरेका छन् ।

आइतबार राती आएको हावाहुरीले ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सायौँ घाइते भएका छन् ।