काठमाडौँ – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सा जिल्लामा आईतबार बेलुकी आएको हावाहुरीको प्रभावमा परेकाहरुको उद्दार, पुर्नस्थापना र राहतका लागि प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री राउतले उद्दार र राहतका लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्न बताएका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘बारा पर्सा लगाउतका ठाउँमा आँधि हुरीको चपेटामा परेकाहरुको उद्दार, राहत तथा पूर्नस्थापनाको कार्यमा प्रदेश सरकारले आफनो सम्मपूर्ण शक्ति परिचालन गरी कुनै कसर बाँकी राख्ने छैन ।’
बारा पर्सा लगाउतका ठाउँमा आँधि हुरीको चपेटामा परेकाहरुको उद्दार, राहत तथा पूर्नस्थापनाको कार्यमा प्रदेश सरकारले आफनो सम्मपूर्ण शक्ति परिचालन गरी कुनै कसर बाँकी राख्ने छैन ।
— Lalbabu Raut (@Province2CM) March 31, 2019