बारा– आईतवार आएको भीषण हावाहुरीमा परेर बारामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्लाका विभिन्न स्थानमा बेलुकी साँढे सात बजेतिर आएको आँधी हुरीमा परेर कम्तीमा ३० जनाको मृत्यु भएको हो ।
भीषण हावाहुरी कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको बताएका थिए ।
सम्बन्धित समाचार :
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्दार कार्यमा जुट्न निर्देशन
मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले उद्दार र राहत कार्यमा कुनै कसुर बाँकी राख्ने छैन’
हावाहुरीबाट प्रभावितको उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् ।
हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019
त्यस्तै घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण सुरक्षाकर्मीलाई उद्दार कार्यमा सहयोग गर्न आह्वान गरेका छन् । उनले ट्विट मार्फत घटनाको जानकारी गराउँदै घाइतेहरुको उपचारको लागि स्वास्थ्य सेवाका कर्मचारीहरुलाई समेत अनुरोध गरेका छन् । साथै मृतकका परिवारमा समवेदना समेत व्यक्त गरेका छन् ।
बारा पर्साको केही स्थानमा आएको डरलाग्दो आँधि ठुलो संख्यामा जनधनको क्षति भएको खबर आएको छ।दुखको यस घडिमा सम्मपूर्ण सुरक्षाकर्मीलाई उद्दार कार्यमा सहयोग गर्न आहव्ना गर्दछु।घाइतेहरुको उपचारको लागि स्वास्थ्य सेवाका कर्मचारीरु अनुरोध छ।शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
— Lalbabu Raut (@Province2CM) March 31, 2019