काठमाडौँ– भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान रवि शास्त्री नियुक्त भएका छन् ।


ADVERTISEMENT


भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतीय टिमको निर्देशक भइसकेका शास्त्रीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । पूर्व तीव्र गतिका बलर जाहिर खानलाई बलर सल्लाहकार र पूर्व कप्तान राहुल द्रविडलाई विदेश भ्रमणका क्रममा टेष्ट क्रिकेटका लागि ब्याट्सम्यान सल्लाहकार बनाइएको छ ।


ADVERTISEMENT

# # #


सचिन तेन्दुलकर, सौरभ गांगुली र भीभीएस लक्ष्मणको सल्लाहकार टिमले आवेदकहरुसँग साक्षात्कार गरेको र भारतीय क्रिकेटको हितमा निर्णय लिएको बीसीसीआईका कार्यवाहक सचिव अमिताभ चौधरीले बताएका छन् ।

उनका अनुसार मुख्य प्रशिक्षक शास्त्री २०१९ मा हुने विश्वकपसम्मका लागि नियुक्त भएका हुन् ।

को हुन् शास्त्री ?

पछिल्लो तीन दशकमा भारतीय क्रिकेटले पाएको सफलताका क्रममा सुनिएको नामको रवि शास्त्री । सन् १९९३ मा भारतले पहिलो पटक वनडे विश्वकप जित्दा शास्त्री ट्रफी उचाल्ने कीतान अपिल देवसँगै लड्सको मैदानमा थिए ।

उनी पनि टिमको सदस्य थिए । त्यसको दुई वर्षपछि सुनिल गवास्करको कप्तानीमा भारतले अष्ट्रेलियामा बेसन एण्ड हेजेज् वल्र्ड च्याम्पियनसिप जित्दा शास्त्री ‘च्याम्पियन अफ दि च्याम्पियन्स’ उपाधिको हकदार बने ।

२००७ मा महेन्द्र सिंह धोनीको टिमले टी–२० विश्वकपको उपाधि जित्दा शास्त्री टीभीमा त्यसको बयान गरिरहेका थिए । अब उनले २०१९ मा भारतलाई विश्वकप जिताउने अर्को जिम्मेवारी लिएका छन् । कति सफल होलान् त्यो भने पर्खाइको विषय बनेको छ ।

शास्त्री टिम इण्डियाका पूर्व विस्फोटक ब्याट्सम्यान वीरेन्द्र साहवाग र अष्ट्रेलियाका पूर्व क्रिकेटर टम मूडीलाई पछि पार्दै भारतको मुख्य प्रशिक्षक बनेका छन् ।