काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताए । उनले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताए ।


ADVERTISEMENT


चुनौतीको आधार तय गर्न र कानून निर्माणका दृष्टिले यो वर्ष ठूलो उपलब्धिको वर्षका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार निर्वाचनपछि तीनै तहका सरकारको गठन भई संस्थागत भएको बताए । उनले भने, “विगतका राजनीतिक उपलब्धि जोगाउन सक्ने भएका छौँ, विगतका तिता अनुभव जस्तो हुन दिँदैनौँ, गत वर्षको फागुन २१ गतेबाट शुरु भएको संसद् अधिवेशनमा सफलताको वर्ष मनाएका छौँ ।”


ADVERTISEMENT

# # #


संविधान कार्यान्वयन, संरचना निर्माण, संरचनाको व्यवस्थापन सुसञ्चालन सहज नभएपनि सहज रुपमा पार गरेको बताउँदै उनले संविधानको भावी कार्यान्वयनका लागि नजिर निर्माण, कानून निर्माण मौलिक हकलगायत थिति प्रारम्भ गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले संसद्मा मतभेद बिना धेरै कानून निर्माण हुनु आसाधारण विषय भएको बताए ।

सम्बन्धित समाचार : गणतन्त्र रगत बगाएर ल्याएको हो, भीक्षामा पाएको होइन : प्रधानमन्त्री

उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि कानूनी कारवाही गर्न जस्तोसुकै परोस् ढाकछोप हुँदैन । यसमा सरकार सहदैन र कारवाही हन्छ ।” अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अभिवाज्यताको रक्षा र संमद्र्धन सरकारको आधारभूत नीति र दृष्टिकोण हो भने ।

छाटो अवधिमा नेपालले महिला सहभागिताका सम्बन्धमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउदै उनले विकसित र ठूला राष्ट्रभन्दा नेपाल अघि रहेको धारणा व्यक्त गरे । शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र निरक्षरता उन्मुलनका लागि धेरै काम गरिरहेका जानकारी गराए । सरकार गठन भएपछि समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्याएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार : विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : ‘हतियार नबुझाए कसरी खोस्ने त्यो सरकारलाई थाहा छ’

प्रधानमन्त्री ओलीले भने, “खाद्यान्नको अभाव हुन दिइएको छैन, महिलाको प्रजनन अधिकारका लागि हवाई सेवा दिएर पनि मातृशिशुको ज्यान बचाएका छौँ । करीब ८०० किमी सडक बाटो कालोपत्रे भएको छ । यो विकास निर्माणको आधार वर्ष हो ।”

यो वर्ष धान उत्पादनमा नौ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै उनले विकास निर्माणका काम तीब्रगतिमा अघि बढेको तथा वन विनाश पनि रोकिएको बताए । वन क्षेत्र ४५ प्रतिशत पुगेको र अब वनलाई कृषिमा जोड्न नीतिगत रुपमा सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले पुनःनिमार्णमा पनि उल्लेख्य प्रगति हासिल गरेको जानकारी गराए । रासस