एजेन्सी – भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले तलब नपाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् । ‘नेसनल एभीएटर गिल्ड’ (एनएजी)ले प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन् ।


ADVERTISEMENT


‘एयरलाइन्स टाट पल्टिएको अवस्था छ । यसले हजारौँ मानिस बेरोजगार हुनेछन् ।’ चिठीमा भनिएको छ, ‘विमानको गतिशीलतामा बदलाव आएपछि भाडादर बढ्नेछ, जसले यात्रुलाई ठूलो समस्या हुनेछ ।’यही महिनाको अन्त्यसम्म समस्याको समाधान गरेर तलब नआए अप्रिल १ देखि सम्पूर्ण उडान रोक्ने पाइलटहरुले चेतावनी दिएका छन् । एनएजीअन्तर्गत १ हजार जना पाइलट रहेका छन् ।


ADVERTISEMENT

# # #


यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ ।

यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयौँ उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन् ।