काभ्रेपलाञ्चोक – राजधानी काठमाडौँलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्ड-फ्लू संक्रमण देखिएपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीनवटा नाकामा ‘चेक प्वाइन्ट’ राख्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


जिल्लामा बर्ड-फ्लुजन्य संक्रमण भित्रिन नदिन मंगलटार, साँगा र नाला नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्रप्रमुख डा. मोगलप्रसाद शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ । केन्द्रप्रमुख डा. शाहले भने, “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइने छैन ।”


ADVERTISEMENT

# # #


केन्द्रले पूर्वी तराइदेखि सिन्धुलीहुँदै विपी राजमार्गबाट राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मंगलटार नाका, काठमाडौबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राखिने बताइएको छ ।

सोका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको डा।शाहले बताए। उनले भने, “तोकिएका नाकामा आजैबाट जाँच शुरु गर्ने तयारीमा छौँ ।” रासस