काठमाडौँ – नेपाली युवा सुदिन आचार्यसंग विवाह गरेकी २२ वर्षीया पाकिस्तानी युवती आम्ना सफिकले नेपाली नागरिकता पाएकी छन् । सामाजिक सञ्जालमार्फत बाग्लुङका आचार्यसंग प्रेममा परेपछि उनले नेपाली नागरिकता पाएकी हुन् ।


ADVERTISEMENT


उनलाई बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलल सोमबार नागरिकता हस्तान्तरण गरेका छन् । गत फागुन १२ गते बागलुङ जिल्ला अदालत पुगेर कानुनी विवाह गरेकी आम्नाले पाकिस्तानी नागरिकता त्यागेसंगै अब उनी नेपाली नागरिक बनेकी छन् । अब नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य हुनेछ ।


ADVERTISEMENT

# # #


गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएकी सफिकले विवाह गरेको एक महिना नपुग्दै नागरिकता प्राप्त गरेकी हुन् । गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएकी सफिकले विवाह गरेको एक महिना नपुग्दै नागरिकता प्राप्त गरेकी हुन् । नेपाली नागरिकसंग विवाह गरेकी विदेशी युवतीले अंगिकृत नागरिकता पाउने संविधानमा व्यवस्था रहेको छ । नागरिकताका लागि उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् ।

नेपालको नागरिकता लिइसकेकाले आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान (माइत) जान त्यहाँको भिसा लिनुपर्ने छ । उनी बाग्लुङ नगरपालिका १२ को अमलाचौरकी बासिन्दा बनेकी छन् ।

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनियरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी थिइन् । मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था रहेको छ ।