काठमाडौँ – पश्चिमी वायुसँग स्थानीय वायु पनि मिसिदा काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा सोमबार बादल लागेको छ।


ADVERTISEMENT


जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार कमजोर पश्चिमी वायुको प्रणालीमा स्थानीय वायु मिसिदा बादल देखिएको हो।


ADVERTISEMENT

# # #


‘यस्तो बेलामा मेघ गर्जनसहित हल्काफुल्का वर्षा हुने गर्छ,’ अर्यालले भने, ‘देशभरिका पहाडी भागमा यस्तो बदली देखिएको छ तर ठूलो पानी पर्ने सम्भावना छैन।’

हिउँद सकिएसँगै तापक्रम बढ्न थालेको छ। ठाउँअनुसारको स्थानीय वायुको तापक्रम बढ्दा अपरान्हपछि हावाहुरी चल्ने र असिनासहित वर्षा हुने गर्छ।

‘पश्चिमी वायु पनि कमजोर अवस्थामा छ। यस्तोमा स्थानीय वायु मिसिदा अपरान्हपछि ठाउँठाउँमा हावाहुरी र हल्काफुल्का बर्षा हुन्छ,’ अर्यालले भने।

उनका अनुसार मंगलाबारदेखि भने काठमाडौंको मौसममा सुधार हुने छ।