काठमाडौँ – आइतबारदेखि सिरहाको लाहानमा सुरु भएको पृथकतावादी नेता सिके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’ को राष्ट्रिय परिषद्को बैठक आजपनि बस्दैछ । बैठकमा दोस्रोदिन आज (सोमबार) पार्टी बारे प्रस्तावमा छलफल हुँदैछ।


ADVERTISEMENT


आइतबार बैठकमा सहभागी परिषद् सदस्यले राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिलाई सही र सकारात्मक भएको भन्दै स्वागत र समर्थन जनाएका छन्।आज पार्टीको प्रस्ताव हुँदैछ। पार्टीको रुपमा जाने विषय र आगामी कार्यदिशा के हुने भन्ने बारे छलफल हुने परिषद् सदस्य सुदिपराज कुशवाहाले जानकारी गराए।


ADVERTISEMENT

# # #


सरकारसंग ११ बुँदे सहमति भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन लागेको हो । बैठकमा २२ जिल्लाका २ सय परिषद सदस्यहरु सहभागी छन्। आइतबारको सबैलाई नागरिकता लिएर आउन आग्रह गरेको थियो।

बैठकमा प्रहरी र पत्रकारलाई प्रवेश निषेध गरिएको छ। सदस्यलाई मोबाइल पनि निषेध गरेको छ। बैठकमा आउने सदस्यलाई सीके राउतका कार्यकर्ताले चेकजाँच गरिरहेका छन्। सशस्त्र र नेपाल प्रहरीको टोली बाहिर सुरक्षा दिइरहेका छन्।

आज अबेर साँझ सम्म चल्ने बैठकमा सहभागीलाई हिजैदेखि बाहिर निस्किन दिएको छैन्। उनीहरुको लागि चिया, खाजा र खाना भित्रै व्यवस्था गरिएको छ।