काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै विप्लव समूहले आज देशभर बन्दको अह्वान गरेको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यका बन्दको प्रभाव आंशिक रुपमा रहेको छ । केही निजी कार्यालयहरु खुल्न सकेका छैनन् भने स्कुल कलेज पनि बन्द रहेका छन् । सार्वजनिक सवारी साधानहरु पनि कम चलेकाले सडकमा सवारी चाप कम देखिन्छ ।


ADVERTISEMENT

# # #


बन्द र त्यसले पार्ने सम्भावित घटना रोक्नका लागि सुरक्षाव्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् ।

सुरक्षा समस्या छैन : प्रहरी प्रवक्ता

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार संवेदनशील स्थानमा निगरानी भईरहेको तथा ड्युटी परिचालन गरिएको छ । राजमार्गहरुमा चलेका बसहरुलाई स्कर्टीङ गरेर गन्तव्यसम्म पुर्याइएको छ ।

यद्यपी सवारी साधानहरु कम चलेका छन् । ‘तराईका शहरहरु सवै राम्रोसँग खुलेका छन् । विशेषगरी पुर्व पश्चिम राजमार्ग र त्यस आसपास प्रभावित छ । अन्यत्र सामान्य छ । सुरक्षाको हिसावले समस्या छैन् । आवश्यक प्रहरी परिचालन गरिएको छ’ प्रवक्ता सुवेदीको दावी छ ।

कहाँ के भयो ?

कैलालीमा जन्ती बस आगजनी

कैलालीमा विवाहका जन्ती बोकेको बसमा समेत आगजनी भएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । त्यस्तै कैलालीबाट सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।

नवलपरासीमा ट्रकमाथि आगजनी

यस्तै नवलपरासीको बासाबसहीमा गएराति २ वटा ट्रकाममा आगजनी भएको छ । बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका खाली ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा ट्रकमा आगजनी

मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति नै एक ट्रकमाथि आगजनी गरिएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा पनि आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको हो ।

बुटवलमा बम डिष्पोज

नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द ’विप्लव’ समूहले बुटवलको कालिकानगरमा राखेको बम डिष्पोज गरिएको छ। कालिकाचोकको डिभाइडरमाथि बम राखिएको थियो । बन्द सफल बनाउन राखिएको बम सक्कली नै भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम राखिएपछि सिद्धार्थराजमार्गमा चलिरहेका निजी यातायातका साधनसमेत रोकिएका छन् ।