काठमाडौँ – कामना सेवा विकास बैंकले सिरहा जिल्लामा एकै दिन दुई शाखा सञ्चालनमा ल्याएको छ । बैँकले लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


बुधबारबाट आफ्नो ७१औं र ७२औ शाखा कार्यालय स्थापना गरी बैँकले कारोबार सुरु गरेको हो । बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा दुबै शाखाबाट कारोबार सुरु भएको छ । यससंगै प्रदेश नं २ मा बैँकका शाखाको संख्या पाँच पुगेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले अन्य स्थानमा पनि बैँकका शाखा शीघ्र सञ्चालनमा ल्याउने बताए । उनले नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउने बताए ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७२ वटा शाखा कार्यालयहरु तथा २७ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।