काठमाडौँ– शिवम सिमेन्टस् लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सजन देवकोटालाई नियुक्त गरेको छ । देवकोटालाई शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले मितिः २०७५ साल चैत्र १ गतेका दिन देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


देवकोटाले विगत २२ वर्ष देखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकिय कार्य अनुभव हासिल गरेका छन् । साथै उनी करिव ४ वर्ष देखि शिवम सिमेन्टमा आवद्ध छन् ।
नव नियुक्त सीइओ देवकोटा लामो समय देखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल प्रा. लि., नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल प्रा. लि. र शिवम सिमेन्टस् लि. समेत मा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका कुशल व्यवस्थापक रहेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सजन देवकोटाको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गरी नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ ।