अजय मिश्र, कपिलवस्तु– कपिलवस्तुको जिल्लाको आरटियो रोडमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


उत्तर बाट दक्षिण जाँदै गरेको लु १९ प ५७१४ नम्बर को मोटरसाइकल विपरित दिशा बाट आउदै गरेको लु १ त ७९३६ नम्बरको ट्याक्टर एक आपस मा ठोक्किदा मोटरसाइकल चालक राधेश्याम प्रजापतिको मृत्यु भएको छ । बुद्वभुमी नगरपालिका ७ मानपुर बस्ने ३५ वर्षीय प्रजापती को बहादुरगन्जमा रहेको शिवराज अस्पताल मा उपचार को क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।


ADVERTISEMENT

# # #


मोटरसाइकलमा सवार बिजयनगर ५ बस्ने सालिकराम यादव को भैरहवामा उपचार भैरहेको पौडेल ले बताए । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक भने फरार रहेको प्रहरीले जनाएको छ । आइतबार साझ साढे ७ बजे भएको उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक पौडेलले बताए ।