काठमाडौँ– अन्तराष्ट्रिय नारी दिवश–२०१९ को अवसर पारेर युवाका साथ साथ आवाज नेपालले साइकल र्याली निकालेको छ । सुर्यविनायक नगरपालिकाको सहयोग र गैसस महासंघ भक्तपुर लगायतको हिकार्यमा ‘अधिकारको लागि यात्रा’ भन्ने मुल नाराका सायकल र्याली निकालिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा महिला माथि हुने हिंसा, दुर्व्यवहार जस्ता विभिन्न अपराधिक क्रियाकलापहरुको विरुद्धमा ऐक्यवद्धता जनाउन १२७ जना युवाहरुले साईकल र्याली कार्यक्रममा सहभागिता जनाएका थिए । साईकल र्याली कार्यक्रम सानोठिमी बाट शुरु भई दुधपाटी, कमलविनायक, जगाते, सुर्यविनायक हुँदै सल्लाघारीमा पुगेर टुंगिएको थियो ।


ADVERTISEMENT

# # #


संस्थाका सचिव श्रीकृष्ण थापाले यस्ता कार्यक्रमले महिलामाथि हुन सक्ने विभिन्न हिंसा तथा दुर्व्यवहारहरुलाई न्यून पार्न सहयोग पुगि जनमानसहरुमा सचेतना फैलाउन मद्दत पुग्ने विचार व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सरस्वती वातीले यस्ता कार्यक्रमहरुले जनचेतना अभिवृद्धि गराई समाजमा विद्यमान रहेको महिला विरोधी सोच विचारहरुलाई निरुसाहित गर्न मद्दत पुग्ने र संविधानले परिकल्पना गरेको हक अधिकारहरुलाई पुर्ण रुपमा पालना गर्ने हो भने मंहिला माथि हुने हिंसाहरु कम हुने जाने बताइन् ।

यस्तै कार्यक्रममा संस्थाका संस्थापक दिपेश विसुन्केले सिर्जनात्मक गतिविधिहरुमा युवा वर्गहरुले नेतृत्व लिई समाजमा भएका विकृति विसंगतिहरुको विरुद्धमा एक भएर लाग्नपर्ने बताए ।