काठमाडौँ – सत्तासीन दलका प्रभावशाली नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।
सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो भन्दै गम्भीर प्रश्न उठाएका हुन
उनले विगतमा सिके राउतले देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए पनि नभनिएको भन्दै यस्तो नभनिनुको रहस्य रहेको बताए ।
नेता रावलले लेखेका छन्, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो रु देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनि नभनिनु को रहस्य खोजौं ।’
सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनु को रहस्य खोजौं ।
— Bhim Rawal (@BhimRawal179) March 8, 2019