ताप्लेजुङ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाका क्रममा हराएको उनका सुरक्षा गार्डको पेस्तोल भेटिएको छ ।


ADVERTISEMENT


फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो । उक्त पेस्तो मंगलबार दिउँसो दुर्घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


ADVERTISEMENT

# # #


अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा उक्त पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको हो । उक्त दुर्घटनामा पर्यटनमन्त्री अधिकारी र जमदार घिमिरेसहित सातजनाको ज्यान गएको थियो ।