काठमाडौं– प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।


ADVERTISEMENT


पूर्वअर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य रहेका थिए । उनी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि रहेका थिए ।


ADVERTISEMENT

# # #


लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते सनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दे एक मिनेट मौन धारण पनि गर्यो । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।