काठमाडौं – नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा आज वा भोलिभित्रै सर्वोच्च अदालत जाने घोषणा गरेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले इतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा एक/दुई दिन भित्रै सर्वोच्च अदालत जाने बताएका हुन् । ७० दिने सुरुवा गरेर हाजिर नै गर्न नदिएको र तलबसमेत रोक्का गरेपछि आफू त्यसको विरुद्धमा कानुनी उपचारको लागि अदालत जान लागेको उनले बताए ।


ADVERTISEMENT

# # #


निजामती सेवा ऐन–२०४९ को दफा (१८) को उपदफा (३) को खण्ड (ख) अनुसार आफूलाई मोरङमा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्थाको उल्लंघन गर्दै ७० दिनमा सरुवा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालउपर सोही ऐनको उपदफा ९१२० बमोजिम विभागीय कारबाही गर्नुपर्ने सञ्जेलले माग गरेका छन् ।

‘मलाई गरिएको सरुवा नै गैरकानूनी छ । सो सरुवा बदर गरि पाउँ भनेर मैले तीन पटक आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालयमा लिखित अनुरोध गरिसकेको छु ।’ उनले भने,‘ ‘यो कुरा मैले खुद प्रधानमन्त्रीलाई समेत जानकारी दिएको छु । तर, ६५ दिन बित्दासमेत अहिलेसम्म यसबारेमा कुनै सुनुवाई भएको छैन् ।’ आफूमाथि सरकारले नै अन्यायपूर्ण व्यवहार गरेको पनि उनले आरोप लगाए ।

उनले नेपालमा भ्रष्टाचारले पछिल्लो सस्थागत रुप लिएको दाबी गरेका छन् । सञ्जेलले नेपाली जनतापनि राणा कालका रैतीबाट सार्वभौम जनता हुन नसकेको गुनासो पोखे । पछिल्लो समय नेपालमा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको सुरुवात भएको पनि उनले गम्भिर आरोप लगाए ।