काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा ६६ औं शाखा कार्यालय स्थापना गरेको छ । आइतबार बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखाबाट कारोबार शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने जानकारी दिँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए । उक्त कार्यक्रममा बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको समेत उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले देशभर ६६ वटा शाखा तथा २० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।