काठमाडौं – नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।


ADVERTISEMENT


संसदमा शुक्रबार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै सांसद थापाले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था गर्न लागेको आरोप लगाए । ‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन र भन्न मिल्ने’ उनले भने ‘तर त्यसका बारेमा आलोचना गर्‍यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’


ADVERTISEMENT

# # #


सरकारले यो विधेयक राजस्व संकलन गर्ने उद्धेश्य भन्दा पनि संविधानमा भएको वाक स्वतन्त्रतालाई कडाई गर्नका ल्याइएको टिप्पणी गरे ।

‘सामाजिक सञ्जालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला, तर म आफैँ यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ भन्ने पक्षमा छु,’ थापाले भने । उनले सरकारले यो विधेयक राजस्व संकलन गर्ने उद्धेश्य भन्दा नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्ने नियतले ल्याइएको बताए ।

उनले विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो ? भनी प्रश्न गरे । ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो ?’ थापाले सोधे ।