काठमाडौं । स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बनेपछि अध्यक्ष केपी शर्मा ओलीले बिजय संबोधन गर्ने भएका छन् । विजयसभाहरुमा सहभागि हुन पूर्वाञ्चल पुगेका ओलीले गृहनगर दमकबाट आफ्नो संबोधन सुरु गर्नेछन् ।


ADVERTISEMENT


ओलीले गृहनगर दमकको विजयसभालाई गोरखा डिपार्टमेन्ट सेन्टरको चोकमा सम्बोधन गर्ने कार्यक्रम छ । ओलीको गृहनगर दमक लगायत झापाको प्रमुख ब्यापारिक केन्द्र विर्तामोड र भद्रपुरमा समेत एमालेले जितेको छ । दमकको विजयसभालाई सम्बोधन गरेपछि ओली इटहरी उपमहानगरपालिकाको विजयसभालाई सम्बोधन गर्न सुनसरी जाने कार्यक्रम छ । आजै सुनसरीको इटहरीमा समेत एमालेको विजयसभा छ ।


ADVERTISEMENT

# # #


इटहरीको विजयसभालाई सम्बोधन गरेपछि ओली आजै धनकुटाको विजयसभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । धनकुटाका सवै स्थानीय तहमा एमालेले एकलौटी जिय हासिल गरेको छ । धनकुटाको त्रिवोणी स्कूल अगाडिको मैदानमा एमालेको विजयसभा गर्ने तयारी हुँदैछ ।

धनकुटावाट फर्केपछि ओली भद्रपुरको कार्यक्रममा सहभागि हुनेछन् । भद्रपुरमा पनि यसपटक एमालेले जित हासिल गरेको छ । भद्रपुरपछि मेचीनगरका कार्यकर्ता भेट्न ओली मेचीनगर जाँदैछन् । मेचीनगरमा मेयर कांग्रेसले जिते पनि उपमेयर सहित बहुमत एमालेले जितेको छ ।

शनिवार भद्रपुरमा बास बसेर ओलीले आइतबार बिहान झापा जिल्लाभरबाट निर्वाचित पार्टीका जनप्रतिनिधि र पार्टीका अगुवा कार्यकर्तालाई निर्देशनात्मक सम्बोधन गर्ने बताईएको छ ।