काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो निरन्तरको चाहना देशभक्ति भएको बताएका छन् ।


ADVERTISEMENT


निर्मल निवासमा शुभेक्षुकहरुसँग शुक्रबार ७१ औं जन्मदिन मनाइरहेका शाहले पद प्रतिष्ठा भन्दा पनि राष्ट्र प्रेम र कर्तब्य ठूलो रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


जन्मदिनको अवसर जारी बक्तब्यमा आफूलाई शुभेक्षा प्रकट गर्ने र शुभकामना दिने सबैप्रति उनले आभार प्रकट गरेका छन् ।

आफ्नो निरन्तरको चाहना देशभक्ति भएको भन्दै उनले भनेका छन्, ‘हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो ।’

पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस् र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताएका छन् । ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो,’ उनको भनाई छ ।

राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने उनले बताएका छन् ।

देश संकटमा पर्दा देशवासीले अभुतपूर्व एकता देखाउने गरेको र यसलाई सधै तयार हुनुपर्ने पूर्बराजाले बताएका छन् ।

‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहेका छौं । हामी कृयाशील ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन’ पूर्वराजा शाहले भनेका छन् ।