काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)मा रुपन्देही च्यालेन्जरले जज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा रुपन्देही काठमाडौँ गोल्डेन्ससंग १०० रनले पराजित भएको हो । रुपन्देशीले ३३ रन बनाउँदा सबै विकेट गुमायो ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । १३४ रनको लक्ष्य पच्छ्याउँदै ब्याटिङ थालेको रुपन्देही ३३ रनमै समेटियो । रुपन्देहीका कुनैपनि ब्याट्म्यिानले दोहोरो अंक छुन सकेनन् । उसका लागि सुमित महर्जनले सर्वाधिक पाँच रन बनाए ।


ADVERTISEMENT

# # #


काठमाडौँको जितका लागि नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ३.१ ओभरमा मात्र ५ रन खर्चिएर ५ विकेट चट्काए । यस्तै सूर्य तामाङले तीन ओभरमा ६ रन दिँदा २ विकेट लिए भने ललित नारायण राजवंशीले पनि २ ओभरमा ४ रन दिएर २ विकेट नै लिए ।  यस्तै योगेन्द्र सिंह कार्की र अंकित अब्दासका नाममा समान १/१ विकेट रह्यो ।

यसअघि काठमाडौँका लागि अंकित अब्दासले नै उत्कृष्ट इनिङ खेले । उनले ४० बलमा ४३ रन बनाए । जस क्रममा ३ छक्का र एक चौका प्रहार गरे । यस्तै अनिल कुमार शाहले २ चौका र एक छक्काको मदतमा २६ बलमा २३ रन हाने । आठौँ नम्बरमा आएका राशिद खानले काठमाडौँको इनिङ उकास्ने क्रममा ५ बलमा नै १४ रन प्रहार गरे । उनले अन्तिम ओभरमा लगातार २ चौका र एक छक्का ठोकेका थिए ।

रुपन्देहीका लागि पुनित मेहरा, बिक्रम सोब र अनिल खरेलले समान २२ विकेट लिए भने ललित सिंह भण्डारीका नाममा १ विकेट रह्यो ।