काठमाडौँ – कञ्चनपुरमा प्रहरीले थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । बिहिबार दिउँसो १८ किलो सुन बरामद गरेको प्रहरीले राति थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।


ADVERTISEMENT


कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले दिउँसो पक्राउ परेका तिरुवा दाजुभाईलाई सोधपुछ गर्ने क्रममा थप सुन लुकाएको पत्ता लागेको जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको एसपी कडायतले बताए ।


ADVERTISEMENT

# # #


कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा दिउँसो १८ किलो सुन बरामद गरेलगत्तै राति थप सुन बरामद गरेको उनले बताए । पक्राउ परेका दुवै दाजुभाइ (सुरज र लक्ष्मण) माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ।