काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।


ADVERTISEMENT


युनाइटेडको घरेलु मैदान अोल्ड ट्राफर्डमा मंगलबार राति प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बलियो स्थितिमा पुर्याए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । चोटका कारण युनाइटेडले दोस्रो हाफ सुरु हुँदा २ खेलाडी परिवर्तन गरिसकेको थियो । जेसी लिङ्गार्ड र एन्थोनी मार्सियलको स्थानमा एलेक्सिस सान्चेज र जुअान माटा मैदान प्रवेश गरेका थिए ।


ADVERTISEMENT

# # #


खेलको ५३ अौं मिनेटमा एन्जल डि मारियाको कर्नरमा प्रेस्नेल किम्पेम्बेले हेडरमार्फत गोल गरे । ६० अौं मिनेटमा डि मारियाको क्रसमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडका लागि जुअान माटा, पल पोग्बालगायतले मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेनन् ।

खेलको अन्तिम समयमा युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो । दोहोरो पहेंलो कार्ड पाएपछि पोग्बा मैदान छाड्न बाध्य भए । उनले अब दोस्रो लेगको खेल पनि गुमाउनेछन् । प्रशिक्षक अोले गुुनर सोल्सजरले कार्यवाहकका रुपमा युनाइटेडमा अाएपछि पहिलो हार बेहोरेका छन् । दोस्रो लेग मार्चको पहिलो सातामा पीएसजीको घरेलु मैदानमा हुनेछ ।