रुकुम– जिल्लाको आठबिसकोट नगरपालिकाका एक जोडीले पहिलोपटक संयुक्त जग्गाधनी लालपूर्जा बनाएका छन् ।


ADVERTISEMENT


घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्नका लागि आठबिसकोट नगरपालिका–११ का लालवीर कामी र विमला कामीले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त जग्गाधनी पूर्जा प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गा धनी लालपूर्जाको मान्यता दिए पनि जिल्लामा भने पहिलोपटक श्रीमान्को नाममा भएको जग्गा श्रीमान् र श्रीमतीको नाममा संयुक्त पूर्जा हुने गरी रजिस्टे«सन गरिएको हो । यहाँ पछिल्लो समय महिलाको नाममा जग्गा रजिस्टे«सन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अहिलेसम्म कसैले पनि संयुक्त जग्गा धनी पूर्जा नबनाएपनि लालवीर र विमलाले पहिलोपटक संयुक्त पूर्जा बनाएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी डिल्ली खड्काले बताए।

सम्पत्तिमा पनि बराबर स्वामित्व बनाउनका लागि आफ्नो नाममा रहेको एक हजार क्षेत्रफल जग्गालाई दुवैको नाममा गराएको लालवीरले बताए । युनाइटेड मिसन टु नेपाल रुकुम कलस्टर र नेपाल जनजागरण मञ्चको सहजीकरणमा सञ्चालित खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत समुदायमा गठन भएका महिला सशक्तीकरण केन्द्रमा भएको छलफलबाट आफ्नो नाममा पनि सम्पत्ति हुनुपर्ने आफूले थाहा पाएको विमलाले बताइन् । आफ्नो नाममा पनि जग्गा हुँदा आफूले साँच्चिकै नयाँ जीवन पाएजस्तो अनुभूति भएको उनको भनाइ छ ।