ठमाडौं – ब्याटिङ र बलिङमा  पुनित मेहरा चम्किएपछि रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा दोस्रो जित हात पारेकोको छ । मंगलबार भएको खेलमा रुपन्देहीले विराटनगर किङ्गसलाई ५ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएयो । ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


९४ रनको लक्ष्य पछ्याउने क्रममा मेहेराले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । उनले बाबर हायतसँग चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए भने भिम सार्कीसँग पाँचौं विकेटका लागि २३ रनको साझेदारी गरेका थिए । बाबरले १७ रन जोडे भने भिम १२ रनमा अविजित रहे । समसाद शेखको बलमा चौका हान्दै पाँच विकेटको जित दिलाएका बसन्त रेग्मी पनि ८ रनमा अविजित रहे ।

विराटनगरका अभिनास यादवले २ विकेट लिए भने करण केसी, सुसन भारी र समसाद शेखको नाममा १–१ विकेट रह्यो । रुपन्देहीले सोमबार महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको थियो ।

यसअघि विराटनगरका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर उनको निर्णय सही सावित हुन सकेन । तेस्रो ओभरमै विराटनगरले १३ रन जोड्दा २ विकेट गुमायो ।

विराटनगरका लागि राजेश पुलामी मरले सबैभन्दा धेरै अविजित १७ रन बनाए । त्यसबाहेक असदुल्लाह खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा समसाद शेखले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रुपन्देहीका पुनित मेहराले ३ विकेट लिँदा बसन्त रेग्मी र ललितसिंह भन्डारीले समान २–२ विकेट लिए । विक्रम सोब र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो ।