काठमाडौँ– सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सासद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरेका हुन् । सांसद त्रिपाठीले भने, ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रहेछ ।’


ADVERTISEMENT

# # #


विगतदेखि नै किसानको लागि सरकारको लगानी अत्यन्त न्यून रहेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘२०३४ सालदेखि अहिलेसम्म कृषिमा देखिएको लगानी किसानमाथि १८ प्रतिशत र ८२ प्रतिशत अन्य तामझाममा खर्च भएको छ । किसानको नाममा खर्च भएको छ, किसानको लागि खर्च भएको छैन ।’

आफूले पटक–पटक उखु किसानको समस्या बारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने, “जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले हुनाले मलाई पुनः लाज नमानिकन भन्दै छु ।”

जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हुदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मूल्य तोकेपनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘देशका किसानहरु राज्यबाट सधैं उपेक्षित रहे, सरकार जसको भए पनि । विचौलियाको पक्षपोषण हुँदै गयो, अहिले पनि जारी छ । उत्पादक हैरान, विचौलियाहरु मालामाल हुँदै गए ।’

उनले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असार तिर चिनिको संकट उत्पन्न हुने उद्घोष गरे । उनले चिनी अभाव भएपछि फेरि चिनी आयातको लागि फेरी विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे ।

‘चिनी मिल ढिला चलेकाले जेठ, असारमा चिनीको संकट हुने छ । लेखेर राखियोस् म संसदमा पूरै होसका साथ भन्दैछु । आउँदो जेठ असारसम्म चिनीको पूरा संकट हुनेछ,’ सांसद त्रिपाठीले भने, ‘त्यसमा फेरि चलखेल हुनेछ आयातका लागि व्यापारीहरु लाग्नेछन् जसरी यसभन्दा अगाडि लागे ।’

यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा २ लाख मेट्रिक टनभन्दा बढी चिनी आयात गर्दा नेपाली चिनी मिलबाट उत्पादित चिनी बिक्न नसकेको र किसान मर्कामा परेको उदाहरण उनले दिए ।