रामेछाप । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताएका छन् । उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक भएको उल्लेख गरे।


ADVERTISEMENT


जनसंवाद अभियानअन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा भट्टराईले आज राज्यसत्ता चुनाव गर्ने र बीचका बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेकाले त्यसबाट बाहिर निस्कन पुरानो संरचना तोड्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


डा भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गरे। डा बाबुराम भट्टराई जनसंवाद अभियानअन्तर्गत पूर्व पाँचथरको चिवा भञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै नवौँ दिनका दिन रामेछाप पुगेका छन् । एकमहीने अभियानमा निस्केका डा भट्टराई बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ । रासस