हेटौंडा । नेपालमा २५ वर्षपछि सिँचाइ विकासको वृहत् गुरुयोजना तयार हुने भएको छ । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको जलसाधन योजना तयारी सुविधा आयोजनाले गुरुयोजनाको मस्यौदा तयार परी छलफल सुरु गरेको छ ।


ADVERTISEMENT


विभिन्न चार वटा जलधार क्षेत्रको अध्ययन, भूउपयोगिताको नक्साङ्कन, कृषियोग्य जमिनको अध्ययन गरी थप गर्नु पर्ने कामका बारेमा सरोकारवालासँग प्रदेशस्तरीय छलफल भइरहेको छ । त्यसैगरी भूमिगत सिँचाइ तथा सतही सिँचाइ हालको अवस्था अब गर्नु पर्ने कामको बारेमा पनि प्रस्तावित गुरुयोजनामा समेटिएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा सन् १९९० मा बनेको सिँचाइ विकास गुरुयोजना वर्तमान समयमा परिवर्तन गर्नु पर्ने आवश्यकता देखेर करिब दुई वर्ष लगाएर सन् २०१८ मा नयाँ गुरुयोजना मस्यौदा तयार गरिएको हो ।