काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा विराटनगरबाट बिहीबार साँझ गोलीसहित पक्राउ परेका छन्।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका अनुसार प्रकाण्डका २७ वर्षीय छोरा नरेन्द्र विश्वकर्मालाई पक्राउ गरिएको हो। कालिकोट घर भएका नरेन्द्रको साथबाट नाइन एम एम पेस्तोलमा लोड हुने तीन थान गोलीपनि बरामद भएको बताइएको छ।


ADVERTISEMENT

# # #


नरेन्द्र बेलुकाको यति एयरलाइन्सको उडानबाट विराटनगर हुदैं काठमाडौं जाने क्रममा विराटनगर विमानस्थलमा पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि नरेन्द्रलाई पक्राउ गरिएको बताए।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका नरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

यस घटनालाई बाहिर ल्याउनका लागि ठूलो दबाव परेका कारण प्रहरीले गोप्य राख्ने प्रयास गरेको प्रहरी एक अधिकारीको भनाइ छ।