अमरगढी – सधैँजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ ।


ADVERTISEMENT


लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ ।


ADVERTISEMENT

# # #


लालीगुराँस माघ महीनामै फुल्न थालेपछि स्थानीयवासी हेर्नका लागि लालीगुराँस फुलेको स्थानमै जम्मा हुन थालेका छन् ।

लालीगुराँस फूल फुल्नका लागि चाहिने तापक्रम फागुन र चैत महीनामा पाइने भए पनि जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस फूल फुल्न थालेको जानकार बताउँछन् ।

डडेल्धुरा जिल्लाका अधिकांश वन जङ्गलमा लालीगुराँस फूल ढकमक्क गरी फुलेका छन् । लालीगुराँस फूलसँग रमाउनका लागि मानिस जङ्गलमा जान थालेका छन् ।

लालीगुराँस फूल फागुन चैत महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयतादेखि बढ्दै गएको गर्मीसँगै लालीगुराँस फुल्न थालेको गन्यापधुरा गाउँपालिका–१ का स्थानीय लक्ष्मण सार्कीले बताए ।