पर्वत– आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा देवी सार्की मख्ख परेकी छन् ।


ADVERTISEMENT


मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका वेला गगन थापालाइ भेटेपछि देवी मख्ख भइकी हुन । उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन् ।


ADVERTISEMENT

# # #


पर्वतको कुश्मा नगरपालिका –३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले स्पेन्सर गर्दै आएका छन्। कक्षा एकमा भर्ना भएको वर्ष देखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आएको छोरी पढाउने अभियानका अभियान्त प्रेम विकले बताए । ‘बिहान र बेलुकोको खानामात्र बाबुआमाले खुवाउनु हुन्छ बाँकी सवै खर्च थापाले गर्दै आउनु भएको छ ।’ विकले भने ।

स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग गर्दै थापाले गर्छन् । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाइ ठूलो सहयोग पुगेको विकको भनाइरहेको छ ।

देवी सार्कीलाइ थापाले १२ सम्म नै पढाउन स्पोन्सर गर्ने बताएका छन् । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गदै आएका छन् ।