काठमाडौँ– रेस्टुरेन्टहरुमा लिइदैँ आइएको अतिरिक्त सेवा शुल्क हटेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिसन नेपाल(रिबान)ले काठमाडौँ, पोखरा र चितवनको सौराहाका रेस्टुरेन्टमा अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने भएको हो ।


ADVERTISEMENT


रिबानको माघ १४ गते बसेको भेलाले उपभोक्ताको असन्तुष्टी बढेपछि रेस्टुरेन्टले लिँदै आएको उक्त सेवा नलिन निर्देशन दिएको छ । व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए।


ADVERTISEMENT

# # #


यो निर्णय मंगलबार (आज) देखि नै लागू हुनेछ । यसअघि उपभोक्तको बिलमा १० प्रतिशत थप शुल्क लिइँदै आइएको थियो ।