• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




यु्एईविरुद्ध नेपाल : नेपाललाई इतिहास कायम गर्ने मौका, यी हुन् जित्ने आधार

Jan 28, 2019 |

यु्एईविरुद्ध नेपाल : नेपाललाई इतिहास कायम गर्ने मौका, यी हुन् जित्ने आधार

1.2k
SHARES
ShareTweet

–कुमारप्रसाद चौलागाईं


ADVERTISEMENT


ADVERTISEMENT

# # #



काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ ।

गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेल्दैछ ।

घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ ।

नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले शृङ्खला जित्ने जित्ने आधार 

युएईको बलियो पक्ष रहँदै आएको ब्याटिङ यो शृङ्खलामा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ । पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोस्रो खेलमा युएई ९७ रनमै समेटिएको थियो ।

युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएईको ब्याट कमजोर बनेको छ । मुस्तफा र शाहजादसहित एहमद राजा युएई क्रिकेट बोर्डले आठ हप्ताको लागि निलम्बन गरेको छ ।

यसैगरी विश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ पक्ष मजबुत रहेको छ भने सोमपाल कामीको लय पनि उत्कृष्ट रहेको छ । सन्दिप र सोमपालले दुई खेलमा समान छ/छ विकेट लिइसकेका छन् ।

यसैगरी पहिलो खेलको तुलनामा नेपालले ब्याटिङमा निकै सुधार गरेको छ । पहिलो खेलमा ११३ रनमा ‘अल आउट’ भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४२ रन बनाएको ।

नेपालका प्रशिक्षक जगत टमाटाले दोस्रो खेलको जस्तै नेपालले उत्कृष्ट ब्याटिङ गरे आजको खेल जित्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बलिङमा हामीलाई समस्या छैन, ब्याटिङ लाइन राम्रो हुनसके हामी शृङ्खला जित्छौँ ।”

नेपाललाई पहिलो एक दिवसीय शृङ्खला जित्न आजको खेलमा शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नुपर्ने कप्तान पारस खड्काको भनाइ छ । दोस्रो खेलमा युवा स्टार रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतक बनाएका थिए । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousभारतले लन्च गर्‍यो १.२६ केजीको विश्वकै हलुको स्याटलाइट
Nextहराइरहेका गोठालोको खोजी गर्न सेना परिचालन

ताजा खबर

  • स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते
  • उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन् : मन्त्री भण्डारी
  • उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह
  • प्रधानमन्त्री ओलीद्वारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
  • रुपन्देही-३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने लोकतान्त्रिक मोर्चाको निर्णय

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved