काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मावीलाई केहि थान कम्प्यूटर हस्तान्तरण गरेको हो । बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको उपस्थिती रहेको थियो । विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्यूटर शिक्षामा सहयोग पुर्याउने प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले बताईन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गरे ।