काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।


ADVERTISEMENT


शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले सचेतक पुष्पा भुसाललाई समय दिइन् । उनले सरकारको निर्णय सच्याउनु पर्ने बताइन् ।


ADVERTISEMENT

# # #


दुई तिहाईको बलमा संसद चलाउन नसक्ने भन्दै उनले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताइन् । मन्त्री स्वयंमले सहमतिअनुसार विधेयक आउँछ भनेर प्रतिवद्धता गरेको स्मरण गराउँदै उनले भनिन्, संसदको सम्पत्ति भइरहेको विषयमा इमान्दारिता हुनुपर्छ । भएन भने प्रमुख प्रतिपक्षी दलले त्यसको निगरानी त गर्नै पर्‍यो नि सभामुख महोदय ।’

सांसद भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।