काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण भएको छ ।


ADVERTISEMENT


प्रचण्डपत्नी सीता दाहाल ललितपुरस्थित सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् । बुहारी खानेपानीमन्त्री विना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएकी छिन् । प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


रुघा र ज्वरोकै कारण आइतबार प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पताल भर्ना गरिएको थियो । अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि मंगलबार बिहान उनलाई आइसियूमा सारिएको छ । बिना मगरको भने अवस्था सामान्य भएको अस्पताल स्रोतले जनाएको छ ।

मौसमी भाइरलले प्रचण्ड र उनका कान्छा नाति प्रणव दाहाललाई पनि सामान्य ज्वरो आएको सचिवालय स्रोतले जनाएको छ ।