काठमाडौँ– थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यास क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनायो । १२० रनको विजयी लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको इण्डोनेसिया ११ ओभरमा २७ रनमा समेटियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रबी बेलबासेले इण्डिोनेसियाका व्याटिङलाई धराशायी पारिन् । ३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर उनले चार विकेट लिइन् भने दुई रन आउट पारिन् । जसले गर्दा इण्डोनेसिया २७ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। यस्तै सीता राना मगरले, कविता कनुवार, नेरी थापा र सरिता मगरले समान १(१ विकेट लिए।

यसहअघि नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्। यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन् । ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविनाले २ रन बनाइन्।

योसंगै ९२ रनको जित टि–२० अन्तर्राष्ट्रियमा नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो। विकेटको आधारमा प्रतियोगितामा नेपालले चिनलाई १० विकेटले पराजित गरेको थियो।

सिताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो। यसअघि सितालेनै युएईसंग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो जसलाई सिता आफैले तोडिन्। नेपालले बनाएको १२० रनको योगफल टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले बनाएको सर्वाधिक योगफल हो।

यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो। यसअघि नेपाली महिला टिमले यू–१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन।

सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो। यस्तै महिला टी–२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो। समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।

यो ट्वान्टी–२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन। फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।