काठमाडौं । स्विडिस योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । सन् २०१९ को मार्चबाट उनले जिम्मेवारी सम्हाल्ने बताएको छ ।


ADVERTISEMENT


प्राविधिक समितिमा छलफल समेत नगरि कालिनलाई प्रशिक्षक नियुक्त गर्न लागेकोमा समितिको संयोजक रहेका उपाध्यक्ष कृष्णा थापाले असन्तुष्टी जनाएका थिए । तर, बिहीबार उनको समेतको उपस्थितिमा कालिनलाई राष्ट्रिय टोलीको प्रशिक्षण नियुक्त गर्ने निर्णय भएको छ । यससँगै कालिनले मार्च २२ देखि कतारमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणदेखि जिम्मेवारी निर्वाह गर्ने बुझिएको छ ।


ADVERTISEMENT

# # #


एन्फाले प्राविधिक समितिसँग यसबारे केहि छलफल गरेको छैन । यसरी आफूखुसी निर्णय गर्ने भए प्राविधिक समिति बन्नुको के अर्थ भन्दै थापाले असन्तुष्टी पोखेका थिए । विदेशी प्रशिक्षकको पारिश्रमिक नेपाल सरकारले बेर्होदै आएको छ । एन्फाले कालिनलाई ल्यायने तयारी गरेको जानकारी गराइसकेको बताइएको छ ।