काठमाडौं : सरकारले पानी जहाज कार्यालय सञ्चालनका लागि १६ दरबन्दी दिने निर्णय स्वीकृत गरेको छ । रेलका लागि संगठन संरचनासहित कार्यालय खोल्ने निर्णय भएकोले एकजना रजिष्ट्रार रहनेगरी उनको मातहतमा १५ कर्मचारी रहने गरी दरबन्दीको लागि स्वीकृति दिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका मन्त्री बास्कोटाले जहाज कार्यालय खोल्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले भने, ‘यो चर्चित विषय छ। अब कागजको होइन साँच्चिकै नेपाली पानी जहाज कार्यालयको खोल्ने निर्णय भएको छ।’


ADVERTISEMENT

# # #


यस्तै मन्त्रीपरिषद्ले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ ।

सरकारले जनकपुर(जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।