काठमाडौं । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्।


ADVERTISEMENT


महानगरपालिकाको मापदण्डविपरित पोखरा १० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका छन्।


ADVERTISEMENT

# # #


तीन तलाको अनुमति लिएर मापदण्डविपरित १० तला भवन बनाएर होटल सञ्चालन गरिएको हो।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ पनि सहभागि भए।

भवन उद्घाटनमा सहभागि हुन मेयर मानबहादुर जिसीसहितका पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरित बनेको संरचनामा सञ्चालित होटल भन्दै महानगरको तर्फबाट कोही पनि सहभाथि भएनन्।

व्यवसायी मिनबहादुर गुरुङले होटल सञ्चालन गरेका हुन्। पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले उपराष्ट्रपतिको कदमले नियम मिच्नेलाई सहयोग गरेको बताए।