काठमाडौँ– शेयर एण्ड केयर नेपालको आयोजनामा कायापलट र रुपान्तरण पुस्तक विमोचन गरिएको छ। मंगलबार संस्थाको २५ औं वार्षिक सभाका अवसरमा दुई पुस्तकको विमोचन गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवम पुर्व प्रधानन्याधीश खिलराज रेग्मीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।


ADVERTISEMENT

# # #


संस्थाका संस्थापक अध्यक्ष रमेशकुमार खड्काको अनुभवलाई समेटिएर लेखिएको कायापलट र विभिन्न व्यक्तिहरुको जीवन परिर्वतन भएको पुस्तक रुपान्तरण मानवीय सेवा र समाजसेवामा लाग्नेहरुका लागि प्रेरणको स्रोत हुने प्रमुख अतिथिको भनाई थियो ।

पुस्तक लेखक तथा संस्थाका संस्थापक अध्यक्ष रमेश कुमार खड्काले आफ्नो बानि बोल्ने भन्दा पनि काम गर्ने भएको बाताउँदै, समुदायको रुपान्तरणमा २५ बर्षे यात्राले कयौ व्यक्ती र परिवारहरुको जिवनमा खुशि देख्न पाउदा अत्यन्तै उत्साहित भएको बताए ।

यस्तै केयर नेपालका अध्यक्ष डा. ओम रानाले समुदायको रुपान्तरण, गरिबी तथा विपन्न वर्गको जीवन सुधार र क्षमता विकास कार्यमा सबैको सहयोग, सद्भावले २५ वर्षको यात्रा सुखद भएको बताए ।

रुपान्तरीत व्यक्ति, रुपान्तरीत समुदाय, भन्ने मुल मर्म अनुरुप २५ वर्षदेखि अनवरत रुपमा मानवीय सेवामा समर्पित भई खाँचो तथा आवश्यकतामा परेका व्यक्ति तथा परिवारहरुको जीवनमा सकारात्मक परिवर्तन र दिगो रुपान्तरणमा शेयर एण्ड केयर नेपाल सक्रीय रहेकोछ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान पनि गरिएको थियो ।