काठमाडौं । अमेरिकाको एरिजोनामा १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन्। एरिजोनाको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब डेढ दशकअघि भर्ना भएकी ती महिलाले शिशुलाई जन्म दिएकी हुन्।


ADVERTISEMENT


यौनशोषण भएको अनुमानमा अमेरिकी प्रहरीले छानबिन सुरु गरेको छ। लामाे समयदेखि कोमामा रहेको ती महिलाले बच्चा जन्माएपछि उक्त नर्सिङ होमका प्रमुखले पदबाट राजीनामा दिएका छन्।


ADVERTISEMENT

# # #


ती महिलाले गत २९ डिसेम्बरमा बच्चा जन्माएको अनुमान गरिएको छ। महिला कोमामा रहेका कारण उनलाई हरेक समय हेरचाहको आवश्यकता पर्थ्याे।

ती महिलाले बच्चा जन्माउनु अघि गर्भवती भएको कुरा त्यहाँ कार्यरत कसैलाई पनि थाहा नभएको जनाइएको छ। फिनिक्स प्रहरीका प्रवक्ताले यो घटनाका विषयमा अझै छानविन जारी रहेका कारण केही भन्न नसकिने बताएका छन्।